FAQs Complain Problems

समाचार

दोरम्बा गाउँपालिकामा यहाहरुलाई स्वागत छ

रामेछाप नेपालको ३ नं प्रदेशको जनकपुर अञ्चलमा अवस्थित हिमाली जिल्ला हो । राजधानीबाट नजिक भएपनि सेवा सुविधाको हिसाबले एक विकट क्षेत्र हो । राजधानीले छोएको काभ्रेपलाञ्चोक जिल्ला चिनसँग सिमाना जोडिएको दोलखा र ओखलढुङ्गा जिल्ला र तराईले छोएको सिन्धुली जिल्लाको विचको १५४६ वर्ग कि.मि.को यो जिल्ला पर्याप्त स्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ । रामेछापलाई तीनलालको जिल्ला भनेर पनि चिनिने गरिन्छ । नेपाली साहित्यका प्रथम सहित सुब्बा कृष्णलाल अधिकारी, सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो । रामेछापले नेपाली राजनीतिक कला साहित्य उद्योगी व्यापारी विद्वान साँस्कृतिक कर्मी संचार कर्मी सबै प्रतिभा जन्माएको छ । भौगोलिक हिसाबमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्ये एक हो । वि.सं. २०५६ को विकेन्द्रीकरण नियमावली अनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमा नै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८ उत्तरी आक्षंस देखी २७ डिग्री ५० उत्तरी सम्म र ८५ डिग्री ५० पूर्वी देशान्तर देखि ८६ डिग्री ३५ पूर्व सम्म फैलिएको छ । मध्य महाभारत पर्वत श्रृंखलादेखी उच्च हिमाली श्रृंखलासम्म विस्तारित रामेछाप जिल्लाको भु–बनोट समुद्रि सतह देखी ४२६ मिटरको उचाईदेखि ६९५८ मिटरको नुम्बुर हिमाल चुलीसम्म फैलिएको छ । नेपाल सरकारको मिति २०७३ फागुन २७ गतेबाट लागु हुने गरी यस रामेछाप जिल्लालाई ८ वटा स्थानीय तहमा र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।

२०७३ को स्थानीय तह निर्माणमा छ गाबिस मिलाएर बनाइएको यस गौन्पालिकको क्षेत्रफल १४०.८८  वर्ग कि.मी रहेको छ | सात वडा रहेको यस दोरम्बा गाउँपालिकामा  २०६८   गणना अनुसार    २२७३८   जनसंख्या  रहेको छ | सीमाना: पूर्वमा मन्थली न  .पा र दोलखा जिल्ला  सुनापति गा.पा. र काभ्रे  जिल्ला पश्चिममा सुनापति गा.पा. र काभ्रे  जिल्ला , उत्तरमा दोलखा जिल्ला र दक्षिणमा सुनापति गा.पा. र खाँडादेवी गा.पा. रहेको छ ।

वडा पदाधिकारी