FAQs Complain Problems

समाचार

योजनाको भुक्तानीको लागि अनिर्वाय आवश्यक कागजात

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजातहरु कार्यालयमा पेश भएको १५ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत, लेखा, प्राविधिक, योजना
सेवा दिने कार्यालय: 
दोरम्बा शैलुङ गाउँपालिका
सेवा शुल्क: 
दोरम्बा शैलुङ गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय,
२) प्राविधिक मुल्याङकन र कार्य सम्पन्न प्रतिवेदन,

३) भुक्तानीको लागि वडा कार्यालयको सिफारिस पत्र,
४) वडा स्तरिय अनुगमन समितिको प्रतिवेदन,
५) आम्दानि खर्च (आय व्यय) सार्वजनिक गरेको निर्णय,
६) सार्वजनिक परिक्षण भएको निर्णय,
७) सार्वजनिक सुनुवाई भएको निर्णय,
८) गाउँपालिका स्तरिय योजना अनुगमन समितिको अनुगमन प्रतिवेदन,
९) योजना सञ्चालन भैरहेको र सम्पन्न पश्चातको २/२ प्रति फोटो । जसमा उपभोक्ता समितिको पदाधिकारीको तस्विर झल्किने गरि,
१०) आवश्यकता अनुसार प्रमाणित डोर हाजिर,
११) विल र भर्पाइहरु (२०,००० सम्मको लागि PAN BILL र सो भन्दा माथिको लागि VAT BILL),
१२) भुक्तानीका लागि उपभोक्ता समितिको अध्यक्षको निवेदन,
१३) प्राविधिकले तयार पारेको नापी किताब, उपभोक्ता सम्बन्धि बिल र सम्पन्न प्रतिबेदन,

वडा पदाधिकारी